सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण छन्ः माधव नेपाल


१८ जेष्ठ २०८१, शुक्रबार १६:०६ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा देवशंकर पौडेलेको ‘लिखुसँग आत्मसमर्पण’ विमोचन गर्दै उनले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशीलाका रूपमा लिनुपर्ने र त्यस रूपमा नै अघि सारिएको बताएका हुन् । अध्यक्ष नेपालले अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको बताए । 

उनले भ्रष्टाचारले नेता, कार्यकर्ता र देश बिग्रिएको बताए । अध्यक्ष चन्दले समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको बताए । उनले देशको योजना बनाउँदा हावादारी योजना बनाउन नहुने बताए । 

अध्यक्ष नेपालले आफूहरू नेपालको राजनीति सहज ढंगले अघि बढ्नुपर्ने पक्षमा रहेको बताए । उनले नेतृत्वमा बस्नेहरूले जनताको चाहना, पीडा र वेदनालाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पुर्‍याउन जरुरी रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here