प्रधानमन्त्री दाहालले काँग्रेसका नेतालाई बोलाए बालुवाटार


१ जेष्ठ २०८१, मंगलवार ०८:२३ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेतालाई बालुवाटार बोलाएका छन् ।

संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई बालुवाटार बोलाएका हुन् । 

“प्रधानमन्त्रीसँगको छलफलका आधारमा कांग्रेसले संसद् चल्न दिने अथवा नदिने विषयमा संसदीय दलबाट निर्णय गर्छ,” कांग्रेस नेता रमेश लेखकले भने । 

कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दै छ । प्रधानमन्त्रीसँगको छलफलपछि बैठक बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here