कोशी सरकारले बैशाख ३१ का लागि बजेट अधिवेशन आह्वान गर्ने


२८ बैशाख २०८१, शुक्रबार १०:२० मा प्रकाशित

झापा । मुख्यमन्त्रीमा नियुक्त भएपछि हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले यही बैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्ने भएको छ ।

तीन सदस्यीय मन्त्रिपरिषदको पहिलो बैठकले प्रदेशसभाको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको हो ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले आफूसहित दुई मन्त्री राम रानामगर र गणेश उप्रेतीको शपथलगत्तै मन्त्रिपरिषद्को बैठक राखेका थिए ।

बैठकले मन्त्री रानामगरलाई सरकारको प्रवक्ता तोकेको छ भने बरिष्ठ अधिवक्ता चुँडामणि आचार्यको संयोजकत्वमा संघीयता कार्यान्वयन तथा कानुन निर्माणसम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गरेको छ ।

जसको सदस्यहरुमा पूर्व मुख्य न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, पूर्व प्रदेश सभा सदस्य अर्जुन राई, पूर्व प्रदेश सभा सदस्य कुलप्रसाद साम्बा, पूर्व प्रदेश सभा सदस्य जसमाया गजमेर, पूर्व उपसचिव नरेन्द्र श्रेष्ठ र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here