एमाले झापाको ११औं जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, ओलीले उद्घाटन गर्ने


१५ चैत्र २०८०, बिहीबार ०८:३८ मा प्रकाशित

झापा । नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ ।

आज र भोलिका लागि तय गरिएको अधिवेशन बिर्तामोडस्थित अग्रसेन भवनमा हुँदैछ ।

अधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । त्यसका लागि ओली बुधबार नै झापा आइसकेका छन् ।

ओलीले ११ बजे अधिवेशनको उद्घाटन गर्ने समय तालिका मिलाइएको छ । अधिवेशनका लागि आवश्यक व्यवस्थापन मिलाइसकेको बताइएको छ ।

अधिवेशनको बन्द सत्रमा कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीले राजनीतिक प्रतिवेदन, सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।

पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी हुने जिल्ला कमिटीले जनाएको छ ।

एमाले झापाको अध्यक्षमा प्रेम गिरी र शिव ढुङ्गेल आकांक्षी रहेका छन् ।

हालका कार्यवाहक अध्यक्ष गिरी र सचिव ढुङ्गेलले अध्यक्ष बन्ने आकांक्षा व्यक्त गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here