दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गर्नुभएको छ ।
सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालबाट पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको हो ।
कार्की जनता समाजवादी पार्टी, नेपालका सांसद हुनुहुन्छ । योसँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ ।






