तीन वटा संसदीय समितिको बैठक बस्दै


९ चैत्र २०८०, शुक्रबार ०८:२३ मा प्रकाशित

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दैछ ।

बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धमँ छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here