वर्तमान सरकारमा दलित समुदायबाट पनि मन्त्री बन्छन्ः ओली


८ चैत्र २०८०, बिहीबार १७:१० मा प्रकाशित

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलित समुदायलाई पनि संघीय सरकारको मन्त्री बनाउने बताउनुभएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । दलित समुदायले कहिलेकहिले मन्त्री किन भएन भन्ने प्रश्न गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले एउटा ठाउँ मन्त्री परिषद्मा रहेकाले एक जना दलित समुदायका व्यक्ति मन्त्री हुने बताउनु भयो । उहाँले सबै जाति, समुदाय एकैचोटी मन्त्री हुन सम्भव नभएको पनि स्पष्ट पार्नुभयो । नेपालमा १२५ भन्दा बढी जातजाति भएकाले पनि सबैले एकैपटक मन्त्री बन्न अवसर आउन नसक्ने अध्यक्ष ओलीको भनाई थियो ।

उहाँले भन्नुभयो,‘कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ । यस पटक पनि मन्त्री हुन्छ । एउटा ठाउँ छ त्यहानिर । यस पटक पनि मन्त्री हुन्छ । म तपाईहरु भनिराख्छु । पहिलेपहिले पनि मन्त्री हुन्थे । तर सबै जाति, समूदायबाट, सबै सधैँ नपर्न पनि सक्छन् । किनभने हामी १२५ जातजातिहरु छौ । सबैका आ आफ्नो फिलिङ छन् । त्यसकारण त्यो समयमा एकैचोटी सम्बोधन गर्न सकिदैन । यसअघि पनि विभिन्न साथीहरु नेतृत्व गरिसक्नु भएको छ ।’

अध्यक्ष ओलीले सामाजिक न्यायको पक्षमा आफ्नो पार्टीले सदैव संघर्ष गर्दै आएको दावी पनि गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here