काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउन माग गरेको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रमपछि बोल्दै काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने माग गर्नुभएको हो ।
उहाँले प्रधानमन्त्रीको लामिछानेलाई अनुसन्धान गर्नु आवश्यक नरहेको भन्ने जवाफले आफूहरुको चित्त नबुझेको बताउनु भयो । उहाँले गृहमन्त्री लामिछानेमाथि छानविन गर्न पर्याप्त प्रमाण भएको जिकिर गर्नुभयो ।
उहाँले छानविन गर्नुपर्ने र गर्नु नपर्ने तथ्यहरु बाझिएको भन्दै यसको छिनोफानो गर्नका लागि छानविन समिति गठन गर्नु आवश्यक भएको बताउनु भयो ।