राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने


२९ फाल्गुन २०८०, मंगलवार ११:३९ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निणर्य गरेको छ ।

मंगलवार सिंहदरबरास्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निणर्य गरेको हो । बैठकमा समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताउनु भयो ।

उहाँले संसदीय दलबाट सर्वसम्मतिले सत्ता साझेदारीलाई अनुमोदन गर्ने निणर्य भएको बताउनु भयो । उहाँले सरकारलाई सबै सांसदहरुले विश्वासको मत दिने र त्यसका लागि प्रमुख सचेतकले ह्वीप जारी गर्नुभएको बताउनु भयो ।

उहाँले जिम्मेवारी बाँडफाँट, संवैधाननिक आयोगका बारेमा प्रमुख सचेतक र सचेतकले बुझेर आगामी दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता साझेदारी भइरहँदा देश र जनताका हितमा खेल्ने भुमिकाका सन्दर्भमा अध्ययन गरेर अघि बढ्ने निणर्य भएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here