सोमबार बस्ने भनिएको संसद बैठक सूचना टाँस गरेर स्थगित


३० असार २०७६, सोमबार १३:३८ मा प्रकाशित

काठमाडौं । सोमबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

अबिरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानबाट भएको जनधनको क्षतिलाई दृष्टिगत गर्दै संसद वैठक स्थगित गरिएको जनाएको छ । प्राकृति विपत्तिमा परि मृत्यु हुनेहरुका परिवारमा सान्त्वना लगायत अन्य आवश्यक सहयोग पुर्‍याउन, वेपत्ता परिवारको खोजी, उद्दार र राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्न सांसदहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लामा जान समय दिनुपर्ने भएकाले सोमबार बैठक स्थगित गरिएको संघीय संसदमा महासचिव मनोहरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संसदको अर्को वैठक आगामी असार ८ गते (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here