बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ६५ पुग्यो


३० असार २०७६, सोमबार १०:११ मा प्रकाशित

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा मृत्यु हुनेहरुको संख्या ६५ पुगेको छ ।

आज बिहान ७ बजेसम्मको प्रहरी तथ्यांकअनुसार ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको हो । मृत्यु हुनेहरुमा ४१ पुरुष र २४ महिला छन् । बाढी पहिरोमा परी ३८ जना घाईते भएका छन् । जसमध्ये महिला १७ र २१ पुरुष छन् । त्यस्तै, ३० जना बेपत्ता भएका छन् भनेएक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ ।

सयौं वस्ती डुबानमा परेका छन् । सडकहरु भत्किएर यातायात आवागमन पनि प्रभावित भएको छ । १४ जिल्लाका सडकहरुमा क्षति पुगेको प्रहरीको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here