प्रधानमन्त्रीको प्रतिवद्धताः २०४५ सम्ममा शुन्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्नेछौँ


४ फाल्गुन २०८०, शुक्रबार १९:४२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले सन् २०४५ सम्ममा शुन्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । रोल…

जनवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली नागरिक पहिरो, बाढी, जङ्गलको डढेलो, हिउँ पहिरोको प्रकोप खडेरी लगायतका जलवायुजन्य प्रकोपबाट पीडित रहेको बताउनु भयो ।

उहाँले नेपाल लगायत जोखिममा परेका मुलुकका जनतालाई आर्थिक र प्राविधिक सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले एक सय बिलियन अमेरिकी डलरको जलवायु वित्त दायित्व पूरा गर्न, हरित जलवायु कोषमार्फत जलवायु कार्यहरूलाई गति दिन तथा अतिकम विकसित मुलुकको पहुँच विस्तार गर्न र त्यसको कार्यान्वयनमा जोड दिन आवश्यक रहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री दाहालले विश्वव्यापी उत्सर्जनमा लगभग शुन्य योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताउनु भयो ।

जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय कल्याणका लागि ठूलो चुनौति भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here