फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


४ फाल्गुन २०८०, शुक्रबार ०७:५५ मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमको सञ्चालक समितिको बैठकले गएराति १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको हो । 

पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल/मट्टितेल क्रमशः १५७.५०, १५९ र १६० तोकेको छ । 

इण्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १.८३ र डिजेलमा रु १.५६ बढेर आएको निगमले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here