मध्यरातमा कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु


३ फाल्गुन २०८०, बिहीबार ०८:२८ मा प्रकाशित

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटाको घुम्तीबाट बुधबार मध्यरातमा यात्रुवाहक बस खोलामा खस्दा १० यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेका छन् । १० जनामध्ये एक जना रौतहटका नारायणबहादुर भण्डारीको मात्र सनाखत भएको डीएसपी हरिबहादुर वलीले बताए । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रु बस करिब दुईसय मिटर तल खस्दा दुर्घटना भएको हो ।

सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको हो ।

३३ जनालाई स्टेचरमा राखेर खोलाबाट रोप रेस्क्यु गरेर उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बसमा ३७ जना यात्रु र ३ जना बस कर्मचारी रहेका थिए । तीब्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।

९ मृतकको नाम अझै खुलेको छैन । घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी र आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । ६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here