काठमाडौ । नेपाल क्रिकेट संघ क्यानले आईसीसी मेन्स सीडब्लूसी लिग–टुअन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि बुधबार नेपाली टिमको घोषणा गरेको छ । रोहित पौडेलको नेतृत्वमा रहेको टिममा १५ सदस्य छन् र त्यसमा अनिल शाह र देव खनाललाई पनि समावेश गरिएको छ ।
टिममा परेका अन्य खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ छन् ।
त्रिकोणात्मक शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन् । नेपालले बिहीबारको आफ्नो पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । शनिबारको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग भिड्ने छ ।