प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।
शनिवार मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले संघीयता नेपाल जस्तो मुलुकमा जरुरी थिएन भन्नेकुराहरु धेरै चर्चामा आइरहेको बताउनु भयो ।
उहाँले संघीयता खर्चको बोझ मात्रै भएको र संघीयताले राष्ट्रमा उन्नति गर्न सकेन भन्ने बिरोध र टिप्पणी हुने गरेको बताउनु भयो । उहाँले संघीयतालाई सही रुपबाट प्रयोग गर्नसकने यसले ठूला काम गर्नसक्ने बताउनु भयो ।
शनिवार काठमाडौंमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।