अर्थमन्त्री महतको दाबीः नेपालमा लगानी गर्नका लागि यथेष्ट इच्छाहरु प्रकट भइरहेका छन्


१३ माघ २०८०, शनिबार १५:४८ मा प्रकाशित

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्नका लागि यथेष्ट चाहनाहरु प्रकट भइरहेको दाबी गर्नुभएको छ ।

शनिवारबाट काठमाडौंमा शुरु भएको मार्केटिङ समिट २०२४ को उद्घाटन समारोहमा बोल्दै उहाँले भारत, चीन, अमेरिकालगायतका मुलुकका उद्यमीहरुले नेपालमा लगानी गर्न यथेष्ट चाहना राखेको बताउनुभएको हो ।

उहाँले नेपालका अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेकाले पनि नेपालमा लगानीको अभाव नहुने दोहो¥याउनु भयो ।

अर्थमन्त्री महतले मुलुकका आर्थिक गतिविधि विस्तारै अघि बढेको उल्लेख गर्दै यसलाई बढावा दिन सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाख १६ र १७ गते हुने लगानी शिखर सम्मेलनमा लगानी भित्र्याउनका लागि उपयुक्त खालका परियोजनाहरु प्रश्तुत गर्ने तयारी भइरहेको पनि बताउनु भयो ।

मन्त्री महतले नेपालको आर्थिक क्षेत्रको अवस्थामा सुधार ल्याउनका लागि आत्मविश्वास जगाउनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here