राप्रपाको कार्यदिशा स्पष्ट हुनुपर्छः नेता लोहनी


१२ माघ २०८०, शुक्रबार १९:३४ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलन परिचालन समितिले गरेको वृहत आन्दोलन पूर्वतयारी छलफलमा बोल्दै नेता लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताउनुभएको हो ।

उहाँले आन्दोलनमा जाने भए आन्दोलनमा जानुपर्ने र आन्दोलन नगर्ने भए नगरी बस्नुपर्ने बताउनु भयो ।

उहाँले पार्टीको कार्यदिशाको सम्बन्धमा बैठकमा छलफल हुनुपर्ने र बहुमतले पारित गरेको निर्णय लागू हुनुपर्ने बताउनु भयो ।

उहाँले राप्रपामा आन्दोलनमा जानुपर्ने मत बलियो भएको भन्दै आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एमाले, काँग्रेस र माओवादी भन्दा फरक रहेनछ भन्ने स्थितिमा पु¥याउनु नहुनेमा शतर्क रहनुपर्ने बताउनु भयो ।

उहाँले राप्रपाले वैचारिक शक्ति र संगठन निर्माणलाई साथसाथै अगाडी बढाउनुपर्ने बताउनु भयो ।

छलफलमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजा र हिन्दुराष्ट्रको एजेण्डा लिएर जाँदा देशमा न्युनतम ३० प्रतिशतदेखि अधिकतम ५० प्रतिशत जनमत आउने बताउनु भयो ।

उहाँले नेताहरुको अवसरवादी चरित्र र खराबिको कारण ५० प्रतिशत जनमत भएको ठाउँमा ५ प्रतिशत मात्रै मत आएको बताउनु भयो ।

उहाँले पार्टीले सबै नेता, कार्यकर्ताहरुको कुरा सुन्नुपर्ने बताउनु भयो । उहाँले आम निर्वाचनमा उम्मेदवार भएका सबै नेता, कार्यकर्ताहरुलाई संगठित र एकीकृत गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here