क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अदालतले तोक्यो ८ बर्षको कैद सजाय


२५ पुष २०८०, बुधबार १६:५६ मा प्रकाशित

काठमाडौँ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेलाई अदालतले ८ वर्षको कैद सजायको आदेश गरेको छ ।

पीडित बालिका भनिएकीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार लामिछानेविरुद्ध सजाय निर्धारण गर्नुभएको हो ।

यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

जसअनुसार बुधबारका लागि सवाजय निर्धारणका लागि पेसी तोकिएअनुसार ८ वर्ष कैद सजायको फैसला भएको हो ।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । 

जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि लामिछाने उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताउनु भएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here