भारतीय दुतावासले नेपालमा सिधै २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात होः सचेतक बर्तौला


२५ पुष २०८०, बुधबार १६:४९ मा प्रकाशित

नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दुतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको आरोप लागाउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको जिकिर गर्नुभयो ।

उहाँले यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको बताउनु भयो ।

उहाँले सम्झौताले स्वाभिमानको जरा काट्ने काम भएको बताउनु भयो ।

उहाँले भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपी सांसदहरुले पाउनुपर्ने बताउनु भयो ।


सचेतक बर्तौलाले भारतसँग भएको सम्झौताको दोष अरु सरकारलाई देखाएर पन्छिन नमिल्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here