डेढ वर्षभित्र देशभर बिजुली नपुगेको घर हुँदैनः प्रधानमन्त्री


७ पुष २०८०, शनिबार १७:११ मा प्रकाशित

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गर्नुभएको छ ।

शनिवार जनतासँग माओवादी विशेष रुपान्तरणअन्तर्गत काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले डेढ वर्षभित्र एउटा पनि घर विद्युत नपुगेको नरहने जिकिर गर्नुभयो ।

उहाँले डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरुले काम गरिरहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरेको भएपनि त्यसको प्रचार गर्न नसकेको बताउनु भयो ।

उहाँले लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई उज्यालो नेपालको नयाँ युगमा प्रवेश गराएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भूमि सम्बन्धी, सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका समस्या समाधानका लागि चाँडै नै नयाँ ऐन जारी गर्न लागेको बताउनु भयो ।

उहाँले नयाँ ऐन जारी गर्नका लागि राजनीतिक सहमति जुटिसकेको र सरकारमा पनि छलफल भइसकेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here