वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको नेकपा एमाले अध्यक्ष ओलीकाे भनाइ


१८ मंसिर २०८०, सोमबार १४:०५ मा प्रकाशित

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताउनुभएको छ ।

सोमवार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै यस्तो बताउनुभएको हो । उहाँले चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताउनु भयो ।

उहाँले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने बताउनु भयो । उहाँले नेताहरु राजनीतिका मात्रै नभइ विकासका नेता हुनुपर्ने बताउनु भयो ।

उहाँले विकास अरु देशले आएर नगर्ने भन्दै आफ्नो देशको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल विकासको लागि काम थाल्न नेता÷कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here