अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगितामा झापा सेमीफाइनलमा प्रवेश


१७ मंसिर २०८०, आईतवार १८:३९ मा प्रकाशित

पाँचथर । पाँचथरको फिदिममा जारी जिल्लाकै सर्वाािधक राशीको प्रथम वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगितामा झापा सेमीफाइनलमा प्रवेश आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगितामा विर्तामोड यूनाईटेड झापा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा रेडहर्ष फुटवल क्लव इलाम लाई १–० को झिनो गोल अन्तरले हराउँदै झापाले सेमिफाइनलको यात्रा तय गरेको हो ।

झापाको तर्फबाट पहिलो हाफको २२ औ मिनेटमा श्याम मुरमुले गोल गरी झापालाई अग्रता दिएका थिए । खेलमा उत्कृष्ट प्रर्दशन गरेका मुरमु नै आजको खेलको म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता अन्र्तगत भोली हुने पहिलो खेलमा डिएफ सी मोरङ र यूनाईटेड फुटवल क्लव दार्जिलिङ भारत वीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर फुटबल क्लवले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद चार लाख चार हजार चार सय ४४ रुपैँया र उपविजेता हुने टिमले दूई लाख दूई हजार दूई सय २२ रुपैँया प्राप्त गर्नेछन् ।

मंसिर २३ गते हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here