दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छः बुद्धिमान तामाङ


१६ मंसिर २०८०, शनिबार १३:०९ मा प्रकाशित

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताउनुभएको छ ।

उहाँले व्यवसायी प्रसाईंले गर्नुभएको आन्दोलनमा राप्रपाका ६५ प्रतिशत कार्यकर्ताहरु सभागी भएको दाबीसमेत गर्नुभयो । उहाँले आफ्नो पार्टीले कार्यकर्तालाई जानु पनि र नजानु पनि नभनेको उल्लेख गर्दै कार्यकर्ताहरुले आफ्नो इच्छाअनुरुप आन्दोलनमा सहभागी भएको बताउनु भयो ।

उहाँले पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही व्यवसायी प्रसाईंले गर्नुभएको कार्यक्रममा गइ सम्बोधन गर्नुभएको र राप्रपाले नैतिक समर्थन गरेको बताउनु भयो ।

उहाँले व्यवसायी प्रसाईंले राख्नुभएका विभिन्न मागमध्ये राजासहितको प्रजातन्त्र पुनःस्थापना र हिन्दु राज्य पुनःस्थापना तथा संघीयता खारेजको विषयमा आफूहरुको समर्थन रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here