बन्दको अवज्ञा गरेको भन्दै चितवनमा भारतीय गाडी तोडफोड


२६ असार २०७६, बिहीबार १३:२४ मा प्रकाशित

चितवन । सरकारले परीक्षण बिना नै बिषादी तरकारी नेपाल भित्र्याउन छुट दिएर उपोभोक्ताहरुको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै आक्रोशित बनेका यहाँका चार विद्यार्थी संगठनहरुले बिहीबार चितवनमा भारतीय गाडी सञ्चालनमा रोक लगाएको छ ।

विद्यार्थी संगठनले पुर्व निर्धारित कार्यक्रम अनुसार मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने, बुधबार बिरोध प्रदर्शन गर्ने र बिहीबार चितवन जिल्लामा भारतीय गाडी सञ्चालनमा रोक लगाउने घोषणा गरिएको हो । यसैक्रममा, बन्दको अवज्ञा गरेको भन्दै आज बिहान तीन बजे भरतपुर महानगरपालिका २ स्थित क्षेत्रपुरमा आँप ल्याएको गाडी तोडफोड भएको छ ।

आँप लिएर महानगर ताजा तरकारी तथा फलफूल थोक बजार क्षेत्रमा प्रवेश गरेको यूपि ४१ एटि २६९१ नमबरको भारतीय मालवाहक ट्रकमा स्कुटरमा आएका तीन जना युवाहरुले तोडफोड गर्नुका साथैं आगजनीको प्रयास गरेका थिए । तर, चिसोका कारण सलाई ओसिएपछि आगो नबल्दा ट्रक जोगिएको ’ फलफूल तथा थोक बिक्री केन्द्रका अध्यक्ष थिर प्रसाद धितालले बताए । साथै, उनले अराजक व्यक्तिबाट एकाबिहानै भएको तोडफोड र आगजनी प्रयासले व्यापारीहरु त्रसित भएको उल्लेख गरे । ती युवाहरुले तोडफोड गरेर सिसा फुटाएका छन् । उनले भनेः पछि पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका रहेछन्, तर, केही व्यापारीहरु उठेर प्रतिकार गर्न थालेपछि तोडफोडकर्ताहरु सोही स्कुटरमा फरार भएको चितवन प्रहरीले जनाएको छ ।

यता, चितवन प्रहरीका प्रहरी प्रमुख दानबहादुर मल्लले भने तोडफोड गर्ने व्यक्तिहरु जोकोही भए पनि नछाड्ने र उनीहरुको खोजीकार्यलाई प्रहरीले ब्यापकता रूपमा गरिरहेको बताए । उनले यस्तो खाले आक्रमणले व्यापारीहरुलाई त्रसित बनाएको बताउँदै प्रहरी व्यापारीलाई सुरक्षा दिन तयार रहेकोले दोषी जोकोही भएपनि कानुनी दायरामा ल्याई छाड्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here