काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, पेस्तोलसमेत भेटियो


१५ आश्विन २०८०, सोमबार १३:५६ मा प्रकाशित
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ ।

चक्कु प्रहार भएको स्थानमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार गौशालाको पिके डायग्नोस्टिक सेन्टरमा सञ्चालक साजन हुसेनका भाइ सविर हुसेनमाथि चक्कु प्रहार भएको हो ।

उनीमाथि चक्कु प्रहार गर्ने बाराका नवल सहनी फरार रहेको प्रहरीको भनाइ छ । हुसेनको खुट्टामा गहिरो देखिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here