काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीहरु आन्दोलित


१५ आश्विन २०८०, सोमबार १२:३८ मा प्रकाशित

काठमाडौ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा इन्टर्न चिकित्सकमाथि आइतबार भएको कुटपिटको विरोधमा सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरू आन्दोलित भएका छन् ।

आइतबार दिउँसो करिब १२ बजेतिर इन्टर्न डाक्टर मनीष खड्कामाथि आक्रमण भएको भन्दै हाल केएमसीमा अध्ययनरत चिकित्सकहरूले आज पनि अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका हुन्। उनीहरूले चिकित्सकमाथि हातपात गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने र चिकित्सकको पेसागत ग्यारेन्टी र सुरक्षा हुनुपर्ने माग राखेका छन् ।

स्वास्थ्यकर्मीहरू डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि केएमसी क्षेत्रको सडक अवरुद्ध बनेको छ ।

पछिल्लो समय चिकित्सकमाथिको हातपातका घटनाहरू निरन्तर बढ्दै गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here