युवा नागरिक समाजले अध्यक्षमा केशव भण्डारीसहित ३१ सदस्यीय केन्द्रिय कार्यसमिति गठन गर्यो


१४ आश्विन २०८०, आईतवार १९:५८ मा प्रकाशित

निराजन निरौला ।

बिर्तामोड । युवा नागरिक समाजले अध्यक्षमा केशव भण्डारीसहित ३१ सदस्यीय केन्द्रिय कार्यसमिति गठन गरेको छ ।

आइतबार झापाको बिर्तामोड स्थित जय ड्रिमल्यान्ड पार्कको सभाहलमा भएको पहिलो साधारणसभामा अध्यक्षमा भण्डारीसहित बरिष्ठ उपाध्यक्षमा डिल्लीराम सुब्बा, उपाध्यक्ष देव संग्रौला, सचिव चेतनाथ निरौला, कोषाध्यक्ष रामचन्द्र मैनाली सहित ३१ सदस्यीय कार्यसमिति निर्वाचन समितिद्वारा सर्वसम्मतले पारित गरेको छ ।

त्यसैगरी पहिलो साधारण सभाले संस्थाको केही विधानहरु पनि संसोधन गरेको छ ।

जसमा कार्यसमितिको कार्यकाल पाँच बर्ष रहने, अनुशासन समितिको काम, कर्तव्य र अधिकारहरु विधानमा थप, साथै संस्थाको नाम युवा नागरिक समाज झापाको ठाउँमा युवा नागरिक समाज मात्र कायम हुने गरि विधान संसोधन भएको संस्थाका अध्यक्ष केशव भण्डारीले बताउनुभयो ।

२०७९ साल असोज १४ गते स्थापना भएको संस्थाले प्रथम बर्ष पार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here