एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी


१३ आश्विन २०८०, शनिबार ०७:५२ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी हुनुभएको छ । उपाध्यक्ष पदमा दोर्जे लामा विजयी हुनुभएको छ ।

शुक्रबार अबेर सम्मपन्न निर्वाचनपश्चात भएको मत गणनामा कृष्णप्रसाद दाहाललाई २ सय ५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी हुनुभएको हो ।

ढुङ्गेल ६ सय ९६ मत पाएर विजयी हुँदा दाहालले ४ सय ३९ मत मात्र पाउनु भएको थियो ।

सचिवमा नवराज सिलवाल विजयी हुनुभएको छ । खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी हुनुभएको छ ।

मतदानमा १ हजार १ सय ३५ मत खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here