सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग रहेको सभामुख घिमिरेको भनाइ


११ आश्विन २०८०, बिहीबार १४:३९ मा प्रकाशित

काठमाडौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग रहेकाले यसलाई बलियो बनाउदै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महाससंघले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभामुख घिमिरेले सार्वजनिक निकायलाई जनउत्तरदायि बनाउनका लागि सूचनाको हक महत्वपूर्ण र प्रजातन्त्रको अभिन्न अंग पनि रहेकाले यसलाई बलियो बनाउदै लैजानुपर्नेमा जोड दिनुभएको हो ।

संविधानले व्यवस्था गरेको कुराहरुलाई कानूनी रुप दिनुपर्ने धेरै काम बाँकी रहेको अवस्थामा कानूनमा रहेका व्यवस्थालाई पनि सदूपयोग गराउन सूचनाको हक महत्वपूर्ण रहेको उहाले बताउनुभयो ।

त्यस्तै सभामुख घिमिरेले मुलुकलाई उन्नतीको दिशातर्फ उन्मुख गराउन सार्वजनिक निकायहरुले पारदर्शी ढंगले काम गर्नका लागि सूचनाको हकले प्रेरित गरेको जिकिर गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सुशासनमा सूचनाको हकको महत्वपूर्ण भूमिका हुने भएकाले नागरिकलाई सचना दिनुपर्छ भन्ने सोच राज्य पक्षमा अझै बलियो हुन आवश्यक रहेको बताउनुभयो । सो अवसरमा सूचना यात्रा पुस्तक बिमोचन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here