काठमाडौ । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरु सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरुले निरन्तर आन्दोलन गरेका छन् ।
सरकारले शिक्षक महासंघसंग गरेको सहमतिमा आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै राहत शिक्षकहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको हुन् ।
नेपाल बाल विकास शिक्षक केन्द्रीय समिति, पेन्सन बञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन र सामुदायिक विद्यालय कर्मचारी संघ संयुक्त रुपमा आन्दोलन गर्दै आफ्ना मागका बारेमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।
२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहरुको भनाइ छ । बुधबार काठमाडौंको बिजुलीबजारको सडकबीच मै धर्नामा बसेका राहत शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा केहिबेर प्रहरीसंग घम्साघम्सी समेत भएको थियो । आफुहरुको माग पुरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुले जनाएका छन् ।