कोशी प्रदेशमा तत्कालीन अवस्थालाई हेरेर मध्यावधि निर्वाचनमा जानुपर्ने बाबुराम भट्टराईको धारणा


१४ श्रावण २०८०, आईतवार ११:२८ मा प्रकाशित

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा तत्कालीन अवस्थालाई हेरेर मध्यावधि निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

कोशी प्रदेशका तत्तकालिन मुखयमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्चले बदर गरेर नयाँ सरकार बनाउन आदेश दिएपछि दलहरुले बहुमत जुटाउन राप्रपासँग छलफल गरेपछि असन्तुष्ट भट्टराईले गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा मध्यावधिमा जानु उपयुक्त हुने बताउनु भएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ? यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने !’

सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निर्माण गरेपछि गत शुक्रवार सर्वोच्च अदालतले उल्ट्याइदिएपछि कोशी सरकार निर्माण थप सकस परेको छ । अंक गणितका आधारमा सरकार निर्माणमा गर्न संवैधानिक प्रश्न उठिरहेको बेला भट्टराईले मध्यावधिको विकल्प सुझाउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here