सर्लाहीमा खोलामा तटबन्ध बनाउने क्रममा खनेको खाल्डोमा डुब्दा दाजुभाइको ज्यान गयो


२४ असार २०८०, आईतवार १३:०८ मा प्रकाशित

काठमाण्डाै । सर्लाहीको पर्सा गाउँपालिका–४ को बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको ज्यान गएको छ ।

स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स  र १० वर्षीय दिपुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिनुभयो ।

हिजो दिउँसो घरबाट निस्केका उनीहरु राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति  घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा मृत अवस्थामा भेटिएका हुन् ।  

नागेन्द्रको दुई जना मात्र सन्तान थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here