अहिलेको व्यवस्थाले देश ठिक बाटोमा जाँदैनः लिङ्देन


२३ असार २०८०, शनिबार १७:४७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अहिलेको व्यवस्थाले देश ठिक बाटोमा नजाने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा राप्रपा सम्पर्क समाज समन्वय विभागले आयोजना गरेको कार्यक्रममा लिङ्देनले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देशलाई ठिक बाटो अघि बढाउन नसक्ने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले नेपालको राष्ट्रियतालाई कमजोर पार्नका लागि देशका नेताहरु प्रयोग भएका दृश्यहरु देखिन लागेकाले समयमा नै सजक हुनुपर्ने धारणा राख्नुभयो ।

भूराजनीतिक चपेटामा देश फस्न लागेको र पुर्खाबाट प्राप्त गरेको भूमि नै सुरक्षित नरहने हो की भन्न आशंकाबाट मुक्त हुनुपर्ने भन्दै उहाँले यसका लागि संघीयता खारेज गर्दै राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि राप्रपा अघि बढेको बताउनुभयो ।

लिङ्देनले मुलुकमा संघीयता आइपनि पुरै देशको निणर्यको केन्द्रविन्दु काठमाडौं रहेकाले ५० हजार मान्छे सडकमा उत्रिएर जनदवाव सिर्जना गर्न सके राप्रपाको एजेण्डा पूरा हुनसक्ने तर्क गर्नुभयो ।

अध्यक्ष लिङ्देनले अहिलेको परिवर्तनलाई सुधार नगरेसम्म देशको स्थायीत्वको कल्पना गर्न नसकिने जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here