हिन्दी चलचित्र ‘आदिपुरुष’का लेखकले मागे माफी


२३ असार २०८०, शनिबार १०:२८ मा प्रकाशित

काठमाडौं । हिन्दी कथानक चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् । ‘आदिपुरुष’ सिनेमाले हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएको थियो ।

सिनेमाको चौतर्फी आलोचना हुँदा बक्सअफिसमा राम्रो व्यापार गर्न सकेको थिएन । उनले जनताको भावनालाई स्वीकार गर्ने पनि बताएका छन् । सुरुमा भने उनले माफी माग्न अस्वीकार गरेका थिए ।

उनले आफू घाइते भएको भन्दै भनेका छन्, “सम्पूर्ण दाजुभाइ दिदीबहिनी, आदरणीय सन्त तथा श्रीरामका भक्तजनहरूमा हात जोडेर बिनाशर्त माफी चाहन्छु । भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here