‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने १४ बुँदे प्रतिवद्धता


२३ असार २०८०, शनिबार ०७:१७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने १४ बुँदे प्रतिवद्धता पारित गर्दै सकिएको छ ।

बैठकमा पार्टी सभापतिहरुले उठाएका विषयहरू केन्द्रीय समितिमा उठाउने प्रतिवद्धता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बताउनुभयो ।

पार्टीसँग सरकारका मन्त्रीको समन्वय नभएको, बजेटमा विभेद गरिएको, भ्रातृ संस्थालाई पूर्णता दिने क्रममा जिल्ला सभापतिहरुलाई बेवास्ता गरिएको, गुटको राजनीतिले पार्टी समस्यामा रहेको असन्तुष्टि सभापतिहरुले राखेका थिए । ती विषयहरुलाई केन्द्रीय समितिको बैठकमा उठाउने वचन दुई महामन्त्रीले दिएको भेलामा सहभागी नेताहरुले बताएका छन् ।

यसैबीच, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई जानकारी गराएरै जिल्ला सभापतिको भेला गरिएको बताउनुभयो । पार्टी केन्द्रीय कार्यलयमा सञ्चारकर्मीसाग कुरा गर्दै महामन्त्री शर्माले विधानअनुसार नै भेला बोलाइएको जानकारी दिनुभयो । यस विषयमा पार्टी सभापति जानकार रहेको उहाँको भनाई छ ।

भेला क्रियाशील सदस्यता र त्यसलाई कसरी प्रविधिमैत्री बनाउने र कहिले कहिले अधिवेशन गर्ने भन्ने विषयमा केन्द्रित रहेको महामन्त्री शर्माले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here