काठमाडौं । कोशी प्रदेशको नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ ।
असंवैधानिक रुपमा सभामुखको समेत हस्ताक्षर जोड्दै बहुमत देखाएर सरकार बनाएपछि एमालेले त्यसविरुद्ध सर्वोच्च अदालत पुगेको हो ।
सर्वोच्च अदालतमा निवेदन दर्ता हुनेक्रममा रहेको कोशी प्रदेशका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
एमालेले निवेदनमा संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ ।