प्रधानमन्त्रीको अभिब्यक्तिलाई तोडमोड गरेर अनावश्यक हल्ला फिजाइयोः गृहमन्त्री श्रेष्ठ


२१ असार २०८०, बिहीबार १४:१५ मा प्रकाशित

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको अभिब्यक्तिलाई तोडमोड गरेर अनावश्यक हल्ला फिजाइएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल भरतपुरले बिहिबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्तिलाई तोडमोड गरेर अनावश्यक हल्ला फिजाइएको भन्दै प्रधानमन्त्री प्रचण्डको बचाउ गर्नुभएको हो ।

बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामाको माग गरेर संसद अवरुद्ध गर्नु संसदीय मान्यताको विपरित भएको उहाँको भनाइ छ । फरक प्रसङ्गमा उहाँले मिटरब्याजीविरुद्धको अध्यादेश निष्क्रिय भए पनि पीडितलाई न्याय दिने काम नरोकिने बताउनुभयो ।

सरकारले गठन गरेको आयोग र जिल्लामा रहेको सहजीकरण समितिले आफ्नो कामलाई अघि वढाउने उहाँको भनाइ थियो । अध्यादेश निष्क्रिय हुने र विधेयक पारित नहुने स्थिति आउन नहुने उल्लेख गर्दै उहाँले पीडितलाई जुनसुकै अवस्थामा समेत न्याय दिइने जिकिर गर्नुभयो ।

उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम अघि बढाइरहेको तथा प्रहरीले अपराध अनुसन्धान र भ्रष्टाचार नियन्त्रमा स्वतन्त्र ढङ्गले काम गरिरहेको दावी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here