काठमाडौं । मन्त्रालयगत बजेटमाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक सुरू भएको छ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बैठक सुरू भएको हो।
आज वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयको बजेटबारे छलफल गरिने कार्यसूची छ।
यी मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।






