प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच जेठ १८ गते वार्ता हुने


१३ जेष्ठ २०८०, शनिबार १३:१७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जेठ १७ गते बुधबारदेखि हुने भारत भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ ।

शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरि प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो ।

भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले जेठ १८ गते बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसंग भेट गर्नुहुनेछ । उहाँहरुबीच हैदरावाद हाउसमा वार्ता हुनेछ ।

सोही वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन गर्ने छन् । भ्रमण कार्यतालिकाका अनुसार प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्नु हुनेछ ।

प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

जेठ २० मा काठमाडौँ फर्कनुअघि प्रधानमन्त्री दाहालले मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम पनि कार्यतालिकामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here