अवरुद्ध संसद खुलाउने सहमति, प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्ने


१३ जेष्ठ २०८०, शनिबार ११:२८ मा प्रकाशित

काठमाडौँ । तीन दलका शीर्ष नेताहरूको बैठकमा जलहरी प्रकरणबारे सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको छ । 

आजको बैठकमा एमाले सांसद्हरुले जलहरी प्रकरणमा अध्यक्ष केपी ओलीलाई जोडेको भन्दै संसद् अवरुद्ध गरेका थिए । संसद् सुचारु गराउन ठूला तीन दलका नेताहरुबीच भएको छलफलमा यस विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसद्मा सम्बोधन गर्ने र सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेको एमालेका सचेतक पदम गिरीले जानकारी दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here