नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयद्वारा अभियोजनपत्र दायर


१० जेष्ठ २०८०, बुधबार १९:३६ मा प्रकाशित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं अदालतमा अभियोजनपत्र दायर गरेको छ ।

बुधबार प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनका आधारमा २२४ पेज लामो अभियोग पत्र दायर गरेको सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँले यस प्रकरणमा प्रकाउ परेका माथि ठगी, संगठित अपराध, लिखत कसुर, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा अभियोजन दायर गरिएको बताउनुभयो । उनीहरुमाथि २८ करोड ७४ लाख ७४ हजार पाँच सय रुपैया बिगो कायम गरिएको भट्टराईले जानकारी दिनुभयो ।

शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, सरकारका सचिब टेकनारायण पाण्डेलगायत १६ जना पक्राउ परेका छन् भने अन्य केही फरार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here