ग्यास र बिजुली प्रयोगका बिषयमा विद्यालयस्तरबाटै ज्ञान प्रदान गर्नुपर्छः सांसद चन्द्र भण्डारी


१० जेष्ठ २०८०, बुधबार १५:४४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले ग्यास र बिजुली प्रयोगका बिषयमा विद्यालयस्तरबाटै ज्ञान प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

ग्यास लिक भइ आगलागीमा परि गम्भीर घाइते हुनुभएका भण्डारीले लामो समयको उपचारपछि बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गाउँगाउँमा ग्यास र बिजुली पुगेको भए पनि यसको प्रयोगबारे कसैलाई सिकाउन नसकेकाले दुर्घटनाको जोखिम देखिएको भन्दै यसको प्रयोगका बारेमा पाठ्यक्रम निर्मातालगायत सवैले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाले गत वर्ष ग्यासलगायतको जलनबाट एक सय १० जनाले मृत्युवरण गर्नुपरेको र यस बर्ष पनि एक सय ११ जनाको मृत्यु भइसकेकाले जलनको उपचारका लागि सहज र सुविधासम्पन्न अस्पताल निर्माण गर्न माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here