काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि छाड्न नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै थापाले राज्यविरुद्धको अपराधमा एकजना मान्छे पनि छाड्न नहुने बताउनुभएको हो ।
उहाँले शरणार्थी प्रकरणमा सरकारको परिक्षा भइरहेको भन्दै सरकारको परिक्षापछि न्यायालयको परिक्षा सुरु हुने बताउनुभयो । थापाले शरणार्थी प्रकरणमा आइरहेको नामहरु सुन्दा लाज पनि लजाएको अवस्था रहेको धारणा राख्नुभयो ।
सलाम गर्ने वा सलामी लिने जो कोहि व्यक्तिमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने भन्दै उहाँले न्यायको अनुभूति हुने गरि फैसला हुनुपर्ने बताउनुभयो । त्यस्तै थापाले चैत्र महिनामा नीति तथा कार्यक्रम बनाएर बैशाख र ज्येष्ठ महिना बजेट कार्यान्वयनका लागि कानून बनाउने काममा व्यतित गर्नुपर्ने बताउनुभयो ।






