काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्रीसमेत रहेका प्रकाशशरण महतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफूलाई निर्दोष सावित गर्छु भनेपछि पार्टीले कारबाही नगरेको बताउनु भएको छ ।
अर्थमन्त्री महतले खाँणले पार्टीमा आफू निर्दोष रहेको सावित गर्ने जवाफ दिएको बताउनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि नउम्किउन भनेर कांग्रेस सचेत रहेको उहाँको भनाइ छ ।
यस विषयको अनुसन्धान कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष हुनुपर्ने उहाँको माग छ । यस प्रकरणमा पूर्णरुपमा सहयोग गर्न कांग्रेस तयार रहेको समेत उहाँले बताउनुभयो ।






