गायक तथा संगितकार रमेश अन्जान कडरियाको “परदेशी जिवन” सार्वजनिक


३१ बैशाख २०८०, आईतवार १७:२४ मा प्रकाशित

झापा । गायक तथा संगितकार रमेश अन्जान कडरियाको “परदेशी जिवन” वोलको गित सार्वजनिक भएको छ ।

गितकार किशोर पोख्रेलको शब्दमा सँगितकार रमेश कडरियाले संगित भरेका छन् ।

किरन कडेलको संगीत संम्योजन रहेको गीतमा आवाज चर्चित गायक रामकृष्ण ढकालले दिएका छन् ।

गीतको म्यूजिक भिडियोमा गायक रामकृष्ण ढकाल र सारदा राउतको अभिनय रहेको छ ।

निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोको छायाङकन बिशाल सापकोटा र पोस्ट पोडक्सन बिकास धमालाले गरेका छन् ।

गीतले हरेक नेपाली युवाहरूको कथा र व्यथालाई उजागर गरेको छ।

बिदेशी भूमिमा खाइनखाइ रातदिन पसिना बगाइरहेका हरेक युवाको मर्म र भावलाई यस गीत मार्फत रमेश अन्जान कडरियाले समेटे्ने प्रयास गरेका छन् ।

कडरियाको यसअघि पनि अन्तिम श्वास, मन्द मन्द हावा, ब्रेक फेल, सुख दुःख, संग संगै हिडेपनि लगायतका दर्जनौं राम्रा गीतहरु सार्वजनिक भइसकेका छन् । तर, यस “परदेशी जिवन” नँया गीतले पहिलेको भन्दा पनि अझ बढी दर्शकको मन जित्नेमा आफु विश्वस्त रहेको उनी बताँउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here