उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुँदै


७ बैशाख २०८०, बिहीबार ०७:३६ मा प्रकाशित

काठमाडौं । उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ।

निर्वाचन आयोगका अनुसार आज राति १२ बजेबाट मौन अवधि सुरु हुने र मौन अवधिमा प्रचारप्रसार गर्न पाइने छैन। 

उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । त्यसपछिको अवधिमा प्रचार गर्न नपाइने र प्रचारप्रसार गरेको पाइए कारबाही हुने उहाँले बताउनुभयो ।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन। आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here