सहिद स्मारक ए डिभिजन लिगः चर्च ब्वाइज युनाईटेड र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाँडे


२७ चैत्र २०७९, सोमबार १९:५२ मा प्रकाशित

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका छन् । यस बराबरीसँगै चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ । एपीएफले ७ खेलमा ११ अंक जोडेको छ ।

त्यस्तै सोमबार नै भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको हो ।

पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरे । विदेशी खेलाडी मोसेसले एक गोल थपे । फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काए । जितसँगै पुलिसले ७ खेलमा ४ अंक जोडेको छ । फ्रेन्ड्सले पनि ७ खेलमा ४ अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here