काठमाडौँ । धौलागिरि आधारशिविरमा हेलिकप्टर दुर्घटना भएको छ । हेली एभरेष्टको ९ एन–एएनबी (एएस–३५०) नम्बरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको हो।
आधारशिविर नजिकै अवतरण गर्ने क्रममा समस्या देखिएपछि पाएलटले फोर्स ल्यान्डिङको गर्न खोज्दा उक्त हेलिकप्टर दुर्घटना भएको जनाइएको छ ।
तर कुनै मानवीय क्षति भएको विवरण भने आएको छैन । हेलिकप्टरमा पाइलट प्रिया अधिकारी मात्र रहेको र उनी सामान्य अवस्थामा रहेको बताइएको छ । पाइलटलाई अर्को हेलिकप्टरबाट ततकालै उद्धार गरी काठमाडौं ल्याउन लागिएको बताइएको छ ।
कार्गो सामान लिएर उक्त हेलिकप्टर धौलागिरि आधारशिविर पुगेको थियो ।






