साना किसान कृषि सहकारी संस्था लि. शिवसताक्षीको २७औं बार्षिक उत्सव सम्पन्न


९ चैत्र २०८२, सोमबार १७:५९ मा प्रकाशित

शिवसताक्षी । साना किसान कृषि सहकारी संस्था लि. शिवसताक्षी-२धरमपुर मंगलबारले २७औं बार्षिक उत्सव सोमबार सम्पन्न गरेको छ।
शिवसताक्षी वडा नम्बर -२ का सामाजिक व्यक्तित्व यमनाथ चिमरीयाको प्रमुख आतिथ्यता तथा सहकारी संस्थाका कावा अध्यक्ष हरिकुमारी आचार्य खनालको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि चिमरीयाले गाउँघरका साना किसानहरुको जीवनस्तर उकास्न सहकारी लागिपरेको हुनाले सबैको साथ सहयोग आवश्यक रहेको बताए ।

साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स साना किसानहरुको पुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
संस्थामार्फत कर्जा लिएर उत्कृष्ट कारोबार गर्ने तीनजना शेयर सदस्यहरूलाई कार्यक्रममा सम्मान गरिएको छ।

देश आर्थिक तरलताको संकटमा रहेको बेला यो सहकारीले भने आफ्ना शेयर सदस्यहरुलाई बार्षिक उत्सव कार्यक्रमको अवसरमा पशुपालक २६ जना शेयर सदस्य किसानहरूलाई गोठ सुधार कार्यक्रम अन्तरगत जनही १५ हजारका दरले ३ लाख ९० हजार रुपैयाँ अनुदान रकम वितरण गरिएको सहकारी संस्थाको व्यवस्थापक उमा रिजालले बताइन् ।


त्यस्तै पशुपालक किसान तारादेवी ढकाललाई ४० हजार रुपैयाँ पशु बिमा बापतको क्षतिपूर्ति रकम दिएको छ। बार्षिक उत्सवमा चार जना सुत्केरी शेयर सदस्यहरुलाई समेत नगद वितरण गरिएको थियो।

सिपमुलक,आयमुलक,उत्पादनमुलक र स्वरोजगारमुलक किसान समूह छनौट गरि ३ वटा कृषक समूहलाई कृषि औजार वितरण गरिएको छ।


यस सहकारीको कार्यक्रम सञ्चालनले निर्वाहमुखी खेती प्रणाली गरिरहने किसान आज व्यवसायिक पशुपालन गरिरहेका छन् ।सहकारीबाट कर्जा लिएर गाई भैंसी पालन गरि मासिक २५ हजारको दूध बिक्री गरिरहेको देउमान गुरुङ बताउँछन् ।


संचालक समितिका सदस्य सुवास सापकोटाले स्वागत गरेकोे कार्यक्रम संचालन भने संस्थाको व्यवस्थापक उमा रिजालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here